आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

भव्य समारोहबीच समापन भयो टोक्यो ओलम्पिक,२०२४ को ओलम्पिक पेरिसमा हुने

गोकर्णेश्वर खबर२५ श्रावण २०७८, सोमबार ०८:०६ मा प्रकाशित (२ साल अघि) ५०५ पाठक संख्या

एजेन्सी । जापानमा आयोजना भएको विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद आइतवारदेखि सकिएको छ। टोक्यो ओलम्पिक २०२० जुलाई २३ देखि सुरु भएर अगष्ट ८ मा सकिएको हो।

जापानको राजधानी टोक्योमा आइतबार आयोजित एक भव्य कार्यक्रमकोबीच ग्रीष्कालीन ओलम्पिक सकिएको हो ।

कोरोना महामारीबीच आयोजित टोक्यो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीको सहभागी थिए। भव्य उद्घाटन गरेर सुरु भएको ओलम्पिक उस्तै भव्य समापन गरेर सकिएको हो।

अब सन् २०२४ को ओलम्पिक फ्रान्सको पेरिसमा हुनेछ। जापानमा समापन हुँदा पेरिसमा पनि आतिसबाजीसहित भव्य कार्यक्रम आयोजना गरियो।

टोक्यो ओलम्पिकमा अमेरिकाले सर्वाधिक ३९ पदक जित्यो । चीनले एउटा कम स्वर्ण पदक जित्यो। तर चीनले ओलम्पिकमा आफ्नो प्रभुत्व बढाउँदै लगेको छ।

अमेरिकाले ३९ स्वर्णसहित ४२ रजत र ३३ कास्य गरी जम्मा १ सय १३ पदक हात पार्यो । दोस्रो स्थानको चीनले ३८ स्वर्ण,३२ रजत र १८ कास्यसहित ८८ पदक जितेको छ।

तेस्रो स्थानमा रहेको आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक जित्यो । ओलम्पिक इतिहासमै जापानको यो उत्कृष्ट नतिजा हो ।

त्यस्तै ग्रेट ब्रिटेनले २२ स्वर्णसहित कुल ६५ पदक जितेर चौथो स्थानमा रह्यो। रसियन ओलम्पिक कमिटी २० स्वर्णसहित ७१ पदक जितेर पाँचौ स्थानमा रह्यो।

दक्षिण एसियाली राष्ट्रतर्फ छिमेकी भारतले १ स्वर्ण पदकसहित कुल ७ पदक जित्यो। टोक्यो ओलम्पिकमा नेपालबाट ४ खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरे।

तर पहिले झैँ टोक्यो ओलम्पिकमा पनि नेपाली खेलाडीले राष्ट्रिय कीर्तिमान मात्रै सुधारे। पाँचैजना खेलाडी दोस्रो चरण पुग्न असफल रहे।

नेपालका लागि पौडीका गौरिका सिंह, एलेक्जेन्डर शाह (एलेक्स) र सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाए।