आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

बार्सिलोना छोड्नु पर्दा मेस्सीका गहभरि आँसु

गोकर्णेश्वर खबर२४ श्रावण २०७८, आईतवार १७:३६ मा प्रकाशित (२ साल अघि) ४५४ पाठक संख्या

काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी बार्सिलोना छाड्नुअघि पत्रकार सम्मेलनमा गहभरि आँसु लिएर उपस्थित भएका छन् । हलमा उपस्थित हुँदा नै उनका आँखा रसाएका थिए ।

२१ वर्ष बार्सिलोनामा बिताएका उनले आफूले क्लब छाड्ने कहिल्यै कल्पना नगरेको बताए । ‘म र मेरो परिवार यहीं बस्न तयार भएका थियौं’ उनले भनेका छन् ।

मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौताको सहमति पनि भएको थियो । तर आर्थिक अवस्था र ला लिगाको नियमका कारण हस्ताक्षर हुन नसकेको बार्सिलोनाले बताएको छ ।