आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

‘भियतनामी भेरिएन्ट हावाबाट पनि सर्न सक्ने’

गोकर्णेश्वर खबर१७ जेष्ठ २०७८, सोमबार ०६:३३ मा प्रकाशित (२ साल अघि) ५०७ पाठक संख्या

एजेन्सी । भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत गरी आइतबार समाचार सम्प्रेषण गरेको छ । भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोना भाइरस बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दावी गरिएको छ ।

यो नयाँ प्रजातिको भाइरस हावाबाट छिट्टै सर्नसक्ने अझ खतरनाक भाइरस भएको भियतनामी स्वास्थ्य अधिकारीले बताएका छन् । भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाइरस हावाबाट निकै छिटो सर्नसक्ने खालको रहेको बताए।

नयाँ भेरिएन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन । सन् २०१९ को अन्त्यमा चीनको वुहानमा पहिलो पटक पत्ता लागेको कोरोना भाइरस सुरु भएयता हजारौं पटक यो भाइरस परिवर्तन भई कहीँ कमजोर त कहीँ थप खतरनाकरूप लिएको छ ।