आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या कति पुग्याे ?

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७७, आईतवार १६:४६ मा प्रकाशित (३ साल अघि) ७५० पाठक संख्या

पछिल्लो २४ घन्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै हालसम्म मुलुकभर कोरोना संक्रमण हुनेको संख्या २ लाख ७४ हजार ६५ जना पुगेको छ । यस्तै आज ४८ जना संक्रमित मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या २ लाख ७० हजार ३ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । याेसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७३ जनाको मृत्यु भएको छ ।