आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

हालसम्म ९,२६३ कोरोना संक्रमित होम आइसोलेसनमा

गोकर्णेश्वर खबर२१ मंसिर २०७७, आईतवार ०६:१४ मा प्रकाशित (३ साल अघि) ५८१ पाठक संख्या

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म मुलुकभर रहेका १४ हजार २५५ सक्रिय संक्रमितमध्ये ९ हजार २६३ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जनाएको छ ।

बाँकी ४ हजार ९ सय ९२ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार ६०२, प्रदेश २ मा २१४, बागमती प्रदेशमा ५ हजार २६४, गण्डकी प्रदेशमा २ सय ६५, लुम्बिनी प्रदेशमा १ हजार ३१५, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा ५२६ जना संक्रमित होम आइसोलेसनमा छन्।