आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

काठमाडौं उपत्यकामा तत्काल लकडाउन नगर्ने निर्णय

गोकर्णेश्वर खबर९ मंसिर २०७७, मंगलवार १८:३० मा प्रकाशित (३ साल अघि) ८७५ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा तत्काल लकडाउन नगर्ने निर्णय भएको छ । छठपछि लकडाउन गर्ने भनिए पनि संक्रमणदर घट्दो क्रममा रहेकाले तत्काललाई लकडाउन नगर्ने निर्णय भएको उपत्यका मेयर फोरमले जनाएको छ ।

फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले सिसिएमसी बैठकले लकडाउनको अधिकारी प्रमुख जिल्ला अधिकारीलाई दिएको र तत्कालको अवस्थामा लकडाउन नगर्ने निर्णय भएको बताएका छन् ।

मेयर फोरमले संक्रमण बढेसँगै छठपछि लकडाउन गर्नुपर्ने सुझाव यसअघि दिएको थियो । अहिले संक्रमणदर घटेको र कक्षा १२ को परीक्षा सञ्चालन भइरहेकाले तत्काल लकडाउन नहुने उनको भनाइ छ । तर, कक्षा १२ को परीक्षा सकिएपछिको अवस्था हेरेर फेरि लकडाउन हुनसक्ने उनले बताए ।