आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

पछिल्लो २४ घन्टामा १७९० जनामा कोरोना संक्रमण : २४ जनाको मृत्यु

गोकर्णेश्वर खबर९ मंसिर २०७७, मंगलवार १८:२६ मा प्रकाशित (३ साल अघि) २२५ पाठक संख्या

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा जना २ हजार ७ सय ९१ जना कोरोना मुक्त भएका छन् । संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । जसमध्ये २ लाख ४ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै कोरोना संक्रमणबाट देशभर थप २४ जनाको ज्यान गएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ६१ जना पुगेको छ ।