आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

लायन्स क्लब अफ काठमाडौं आलौकिक र अल्पाइनले संयुक्त रुपमा रक्तदान तथा मधुमेह सचेतना कार्यक्रम गर्ने

गोकर्णेश्वर खबर८ मंसिर २०७७, सोमबार १८:०९ मा प्रकाशित (३ साल अघि) ८१६ पाठक संख्या

काठमाडौं मंगसिर ८। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं आलौकिक र लायन्स क्लब अफ काठमाडौं अल्पाइनले संयुक्त रुपमा  आकस्मिक रक्तदान तथा मधुमेह सचेतना  कार्यक्रम आयोजना गर्ने भएको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीक कारण अस्पतालहरुमा उपचारार्थ बिरामीहरुलाई रगत अभाबका कारण समस्या उत्पन्न नहोस भनेर मङ्सिर १० गते बुधबार नोभेम्बर २५ अर्थात् महिला हिँसा अन्त्य दिवसको अवसर पारेर  नारायण गोपाल चोक भाटभटेनी सुपरमार्केटमा  बिहान ११ बजे देखि सम्म आयोजना  हुने उक्त रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले अनुरोध गरेको छ  ।

 लायन्स क्लब अफ काठमाडौं अलौकिक र अल्पाइनले  काठमाडौं मेट्रो अस्पताल संगको सहकार्यमा  सोहि दिन सोहि स्थानमा मधुमेह रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम समेत गर्ने भएको छ  ।