आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

लायन्स क्लब अफ काठमाडौं मनहराद्वारा नाङलेभारे चाइल्ड क्यान्सर अवेरनेश प्रोग्राम र आँखा जाँच शिविर सञ्चालन

गोकर्णेश्वर खबर७ भाद्र २०७९, मंगलवार ०८:३१ मा प्रकाशित (१ साल अघि) २७४ पाठक संख्या

७ भदौ, काठमाडौं । लायन्स क्लब अफ काठमाडौं मनहराले शंकरापुर नगरपालिका वडा नं. १ नाङलेभारेका २ विद्यालयमा चाइल्ड क्यान्सर अवेरनेश प्रोग्राम आयोजना गरेको छ । सोमबार नाङलेभारेका श्री नविन ग्राम शिक्षा मन्दिर माध्यामिक विद्यालयमा लायन राजेन्द्र दुलालको सभापतित्वमा विद्यार्थीहरुलाई चाइल्ड क्यान्सर अवेरनेश कार्यक्रम आयोजना भएको थियो ।

यसैगरी सोमबार श्री चापाबोट उच्च मा.वि.मा क्लबले भेण्डिंग तथा ईन्सिनेटर मेशिन जडान गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । यसैगरी क्लबले १६ सय थान बराबर २ कार्टुन सेनेटरी प्याड समेत विद्यालयलाई हस्तान्तरण गरेको छ ।

लायन्स क्लब अफ काठमाडौं मनहरा र लायन्स क्लब अफ पाँचखालले संयुक्त रुपमा निःशुल्क आँखा जाँच तथा चस्मा वितरण कार्यक्रम समेत सम्पन्न गरेको छ । यसैगरी श्री चापाबोट उच्च मा.वि.मा पनि लायन्स क्लब अफ काठमाडौं मनहराले चाइल्ड क्यान्सर अवेरनेश कार्यक्रम आयोजना भएको थियो ।

आज लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ डी का गभर्नर लायन विष्णु भाई श्रेष्ठ, फस्ट भिडिजि रमेश लामा, सेकेण्ड भिडिजि सुरेन्द्र बलाय, जिएलटि लिडर धर्म शरण श्रेष्ठ, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ समिम अख्तर लगायतको आतिथ्यता रहेको थियो ।

लायन्स क्लब अफ काठमाडौं मनहराले कार्यक्रमहरुलाई इष्टपोल उ.मा.वि., के.ई.भि.ए. फर्मास्युटिकल, शंकरापुर हस्पिटल, न्यू फुयाल सप्लायर्स, रिकेश हार्डवेयर सेन्टरले सहयोग गर्दै आएका समेत कार्यक्रममा जानकारि दिईएको थियो ।