आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

डिस्ट्रिक्ट ३२५ डी को गभर्नरमा लायन विष्णु भाई श्रेष्ठको उम्मेदवारी घोषणा

गोकर्णेश्वर खबर२४ माघ २०७८, सोमबार ०९:५७ मा प्रकाशित (२ साल अघि) ४१२ पाठक संख्या

२४ माघ, काठमाडौं । लायन बर्ष २०२२/२०२३ को लागी डिष्ट्रिक्ट ३२५ डी मा डिस्ट्रिक्ट गभर्नरमा लायन विष्णु भाई श्रेष्ठको उम्मेदवारी घोषणा भएको छ । आईतबार जोरपाटीमा भएको कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर सहित फस्ट भाईस डिस्ट्रिक्ट गभर्नर र सेकेण्ड भाईस डिस्ट्रिक्ट गभर्नरका उम्मेदवारको घोषणा भएको हो ।

लायन्स क्लब काठमाडौं गोकर्णेश्वरबाट लायन विष्णुभाइ श्रेष्ठ डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार भएका छन् । यसैगरी लायन बर्ष २०२२/२०२३ को लागी फस्ट भाईस डिस्ट्रिक्ट गभर्नरमा लायन्स क्लब काठमाडौं राईजिङ सनबाट रमेश कुमार लामा र सेकेण्ड भाईस डिस्ट्रिक्ट गभर्नरमा लायन्स क्लब काठमाडौं जोरपाटीबाट सुरेन्द्र प्रकाश बलाय श्रेष्ठ उम्मेदवार भएका छन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा उम्मेदवारहरुले आफ्नो कार्यकालमा टिमको भावना अनुसार काम गरी सेवाकार्यबाट उत्कृष्ठ डिस्ट्रिक्ट बनाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ लायन लिडरहरु, लायन लिडरहरु, क्लबका पदाधिकारी तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।