आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

एकपटक कोरोना संक्रमित भएपछि दोस्रो पटक कम्तिमा ६ महिना सुरक्षितः अध्ययन

गोकर्णेश्वर खबर७ मंसिर २०७७, आईतवार ०६:५६ मा प्रकाशित (३ साल अघि) ९४१ पाठक संख्या

एजेन्सी । एकपटक कोरोना भाइरस सङ्क्रमण भएकाहरु कम्तीमा ६ महिना सुरक्षित हुने एक अध्ययनले देखाएको छ ।

बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनअनुसार एक पटक कोरोना सङ्क्रमित भएको व्यक्ति कम्तिमा ६ महिनासम्म अर्को पटक सङ्क्रमित हुने खतरा नरहेको पाइएको हो ।

अध्ययनमा संलग्न अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर डेविड आयरले यो एक पटक सङ्क्रमित भइसकेकाहरु र उनीहरुको सम्पर्कमा आउनेहरुका लागि राम्रो खबर भएको प्रतिक्रिया दिएका छन ।
यो अध्ययन स्वास्थ्यकर्मीमा गरिएको थियो । यसमा एक पटक सङ्क्रमित भएका व्यक्ति कोरोना भाइरसबाट सुरक्षित भएको पाइएको थियो ।

जो सङ्क्रमित भइसकेका छन्, उनीहरुमा दोस्रोपटक सङ्क्रमणको केही नयाँ लक्षण देखिएको थिएन । एक पटक सङ्क्रमित भइसकेका ८९ जनाको जाँच गर्दा दोस्रो पटक रिपोर्ट नेगेटिभ आएको थियो ।

सङ्क्रमित व्यक्तिमा प्रतिरोधात्मक क्षमता बन्ने पनि अध्ययनबाट पत्ता लागेको छ । यो अध्ययनबाट कोरोना भाइरसबारे थप बुझ्ने मौका मिलेको अध्ययनमा संलग्न भएकाहरुले बताएको बिबिसीले जनाएको छ ।