आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

अर्को विश्व युद्धको खतरा: बेलायत रक्षा विभाग प्रमुख कार्टर

गोकर्णेश्वर खबर२४ कार्तिक २०७७, सोमबार ०६:२४ मा प्रकाशित (३ साल अघि) ३८९ पाठक संख्या

बेलायती रक्षा विभागले वर्तमान विश्वव्यापी अनिश्चितता र कोरोना भाइरस महामारीका कारण आर्थिक संकटका बीच अर्को विश्व युद्धको खतरा निम्तन सक्ने संकेत गरेको छ । एक समारोहलाई सम्बोधन गर्दै बेलायत रक्षा विभाग प्रमुख निक कार्टरले क्षेत्रिय तनाव र निर्णयको त्रृटिका कारण अन्तत: व्यापक संघर्ष हुन सक्ने बताउनु भएको हो ।

कोभिड १९ का कारण विश्व निक्कै चिन्ताजनक र अनिश्चित अवस्थाबाट गुज्रिरहेको उहाँले उल्लेख गर्नु भएको छ । तेस्रो विश्वयुद्ध निम्तन सक्ने भन्दै प्रमुख कार्टरले जोखिमप्रति सचेत हुन आवश्यक रहेको औंल्याउनु भएको स्थानीय सञ्चारमाध्यम द स्काईलाई उद्यृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।