आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर सहित बिभिन्न संघ सस्थाको संयुक्त आयोजना बृहत रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर२२ कार्तिक २०७७, शनिबार २२:०१ मा प्रकाशित (३ साल अघि) ७१४ पाठक संख्या

काठमाडौं /लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर र माकलबारी टोल सुधार समिति सहितको बिभिन्न संघ सस्थाको संयुक्त आयोजनामा शनिवार गोकर्णेश्वर नगरपालिका माकलबारी सानो पुलमा रक्तदान  तथा निशुल्क डाइबेटिज स्क्रिनिङ क्याम्प सञ्चाल गरिएको हो ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको कारण अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगत अभावका कारण समस्या उत्पन्न नहोस भनेर आयोजित रक्तदान कार्यक्रममा  १६० जना को डाइबेटीज स्क्रिनिङका साथै ३८ पिन्ट रगत संकलन भएको लायन्स लीडर धर्म शरण श्रेष्ठले जानकारी दिए ।

उक्त रक्तदान कार्यक्रमम लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ इमिडेट पास्ट प्रेसिडेन्ट लायन अनन्त प्रसाद भेटुवाल, डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ ,लायन  लायन  श्याम कुमार यादव , लायन  रेनु श्रेष्ठ , लायन धर्म शरण श्रेष्ठ, लायन पेमाछिरी शेर्पा, लायन पूर्ण तामाङ, लायन बिनितराज अर्याल,लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका वर्तमान प्रेसिडेन्ट लायन सुमन तिवारी , बिभिन्न संघ सस्थाका प्रतिनिधि लगायत रक्तदाताको उपस्थिति रहेको थियो।