आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

पुर्व डिस्ट्रिक गभर्नर लायन कुमारराज सुवेदीले कोरोना जिते

गोकर्णेश्वर खबर२१ कार्तिक २०७७, शुक्रबार १९:४४ मा प्रकाशित (३ साल अघि) ९९३ पाठक संख्या

काठमाडौं,  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का पुर्व डिस्ट्रिक गभर्नर ,नेपाल कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ का युवा नेता तथा नेपाल भलिबल संघका केन्द्रिय उपाध्यक्ष एबम सामाजिक अभियन्ता कुमारराज सुवेदीले कोरोना मुक्त भएका छन् ।

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

लकडाउन देखि नै लायन्स खाद्यान्न बैंक मार्फत खाद्यान्न वितरण , रक्तदान लगायतका कार्यक्रममा अग्रमोर्चामा सुरक्षा साबधानी अपनाउदै  काम गरिरहेका यही कात्तिक ४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भए संगै घरमा नै आइसोलेसनमा बसेका उनले  सामाजिक संजलन मार्फत आफ्नो  कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका छन।

उनले लेखेका छन ,आफ्नो र छोरा ब्रजेशको रिपोर्ट नेगेटिभ आए पनि श्रीमती कमलाको  भने पुन पोजेटिभ आएको जानकारी गराउदै श्रीमतीको स्वास्थ्य अवस्था सामान्य रहेको र कुनै पनि लक्षण नदेखिएको पनि जानकारी गराएका छन्।

लायन सुवेदीले  आफुलाई कोरोना संक्रमित भएको थाहा पाए पनि कोरोनालाइ जित्न सक्छु भन्ने आत्मविश्वास रहेको बताउदै त्यतिबेला सामान्य लक्षण सहित पोजेटिभ देखिएको बताए ।कोरोना जित्न सक्ने आत्मबल बढाउन सामाजिक संजाल  ,टेलिफोन गरेर अनि जोखिमका बिच पनि भेट्न आएर सहयोग र शुभेच्छा देखाउने सबै ,इस्टमित्र, शुभचिन्तक लायन्स लिडर तथा सदस्यहरु  सबैको हौसलाका कारण कोरोना परास्त गर्न सक्ने आत्मबल  बढेको  बताउदै स्वास्थ्यलाभको कामना गर्ने सबैलाई  धन्यबाद दिदै  पुन  सामाजिक सेवामा सक्रिय हुने बताएका छन ।

उनले अब छिट्टै मानवीय सेवा र सार्वजनिक सेवाको क्षेत्रमा सावधानीपूर्वक सदा झैं सकृय हुने बताउदै  सबै जना सावधान रहि आफू पनि सुरक्षित बनौं र अरुलाई पनि सुरक्षित राख्न मद्दत  गर्न अनुरोध गरेका छन  ।

कोरोना एउटा भाइरस हो , यसलाई साबधानी अपनाए चाँडै निको भइन्छ , मनोवल उच्च बनाएर स्वास्थ्य जीवन शैली अपनाए कोरोनालाई जित्न सकिन्छ” उनले भने । उनले सबैलाई कोरोना संक्रमण फैलिरहेको अवस्थामा सचेत हुदै सामाजिक दुरी कायम सहित स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन अनुरोध गरेका छन ।