आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

चीनको वुहानबाट फेरि आयो संसारकै चिन्ता बढाउने समाचार : ४ प्रतिशतमामात्रै कोरोनाको एन्टिबडी !

गोकर्णेश्वर खबर१८ कार्तिक २०७७, मंगलवार १६:२१ मा प्रकाशित (३ साल अघि) ३१८ पाठक संख्या

एजेन्सी । कोरोना भाइरसको उद्गम थलो मानिएको चीनको वुहानबाट फेरि एक पटक संसारकै चिन्ता बढाउने समाचार सार्वजनिक भएको छ । नयाँ अध्ययनमा वुहानका ४ प्रतिशत भन्दा कम व्यक्तिमा मात्रै कोरोना भाइरसको एन्टिबडी फेला परेको छ । यसको अर्थ यसअघि कोरोना संक्रमण भएका हरेक १ सय जनामा ९६ जनामा कोरोनाको एन्टिबडी सकिएको छ । जसलाई अब फेरि कोरोना संक्रमण हुनसक्ने अध्ययनको ठहर छ ।

वुहानमा अघिल्लो वर्षको डिसेम्बरमा कोरोना संक्रमण पाइएको थियो । त्यसैले वुहानलाई कोरोनाको इपिसेन्टर भन्ने गरिन्छ । तर, कोरोना संक्रमणका हिसाबले चीन धेरैपछि छ । अमेरिका, भारत, ब्राजिल लगायतका देश कोरोना संक्रमणका कारण नराम्रोसँग प्रभावित भएका छन् ।

जामा नेटवर्क ओपनमा प्रकाशित अध्इयनमा वुहानका धेरै व्यक्तिमा कोरोनाविरुद्धको इम्युनिटी छैन । संक्रमितमध्ये पनि धेरैमा कोरोनाविरुद्धको इम्युनिटी नरहेको पाइएको छ । यसअघि धेरैमा कोरोना संक्रमण भएको हुनसक्ने र त्यसैका आधारमा एन्टिबडी बिकास भएको अनुमान गरिएको थियो ।

चीनको वुहानस्थित तोङ्जी अस्पतालसँगको सहकार्यमा गरिएको अनुसन्धान २७ मार्चदेखि २६ मेसम्म भएको थियो । अध्ययनमा ३५ हजार भन्दा धेरै व्यक्तिको एन्टिबडी परीक्षण गरिएको थियो । अध्ययनका क्रममा जम्मा ३.९ प्रतिशत व्यक्तिमा मात्रै एन्टिबडी पाइएको थियो ।

वुहान चीनको हुबेइ प्रान्तको राजधानी हो । यहाँ ६८ हजार भन्दा धेरै व्यक्ति कोरोनाको चपेटामा परेका थिए । एक्कासी हजारौँ व्यक्तिमा कोरोना संक्रमण भएपछि यहाँ अस्थायी अस्पताल नै बनाएर उपचार गरिएको थियो । चीनले कडा स्वास्थ्य मापदण्डका कारण नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।