आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

टेकु अस्पतालले कोरोना संक्रमित बिरामीबाट धरौटी रकम नलिने

गोकर्णेश्वर खबर१८ कार्तिक २०७७, मंगलवार ०८:२५ मा प्रकाशित (३ साल अघि) ४३६ पाठक संख्या

काठमाडौ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरसका बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ । अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले धरौटी रकम सम्बन्धी पूर्व सूचनालाई स्पष्ट पार्दै कोरोना बिरामीलाई उपचार गर्दा बुझाउनुपर्ने धरौटी रकम नलिन शै्यया र काउण्डरमा पत्राचार गरिएको जानकारी दिए । यसअघि अस्पतालले बिरामीलाई उपचार गर्दा २० देखि ५० हजारसम्म धरौटी राख्नुपर्ने बताएको थियो ।