आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वरको लायन्स आइसोलेसन केन्द्रबाट तीन जना कोरोना जितेर घर फर्किए

गोकर्णेश्वर खबर४ कार्तिक २०७७, मंगलवार ०५:०७ मा प्रकाशित (३ साल अघि) ६३४ पाठक संख्या

काठमाडौं ,गोकर्णेश्वर नगरपालिकाद्वारा उपलब्ध गराइएको राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनको स्वामित्वको  लायन्स आइसोलेसन केन्द्रमा  रहेका तीन जना आज घर फर्केका छन  । काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै संक्रमितको उपचारमा सहयोग पुगोस भनेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले गोकर्णेश्वर नगरपालिका संगको समन्वयमा उक्त भवनलाई आइसोलेसन केन्द्रको रुपमा संचालन गरेको हो।

 करिब १३दिनको आइसोलेसन बसाई र पिसीआर परिक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आए संगै  आइसोलेसन बसाइ अवधि पुरा गरि आज तीन जना  हिजो घर फर्केका हुन् ।

उनीहरुलाई आइसोलेसन केन्द्रका संयोजक एबम मल्टिपल डिष्ट्रिक्ट ग्लोबल सर्भिस टिम कोअर्डिनेटर तथा पूर्व गभर्नर लायन अनन्त प्रसाद भेटुवाल डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ,सेकेन्ड भाइस  डिस्ट्रिक गभर्नर  लायन कर्मा गुरुङ, आइसोलेसन सेन्टर कमिटिको प्रशासन उपसमिति संयोजक  माइ एल सी आइ एफ चिफ लायन रमेश लामा , यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल लगायतले खादा लगाएर बिदाइ गरेका थिए। सो कार्यक्रममा  क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब , लायन श्रीचन केसी,आइसोलेसन सेन्टर कमिटिको लायन्स आन्तरिक समन्वय उपसमिति संयोजक लायन हरि प्रसाद दहाल,आइसोलेसन सेन्टर कमिटिको परिवाहन व्यवस्थापन प्रवद्धन उप समिति संयोजक लायन धर्मशरण श्रेष्ठ, लायन श्रीधर भण्डारी,लायन उमेश ढुंगाना, लायन ठण्डराज ठकुरी (राजन), लायन द्वारिका श्रेष्ठ, लायन रोज बिष्ट (रोजिना) लायन मनोज सुवेदी, लायन श्रीधर पौडेल लगायत लायन्स लिडर तथा सदस्यहरुको  उपस्थिति रहेको थियो।

आज घर फर्कनेहरुले सो आइसोलेसनमा बस्दा सुरक्षित महसुस गरेको र लायन्स सदस्यहरुले गरेको खाना, स्वास्थ्य हेरचाह, र अन्य व्यवस्थापन राम्रो लागेको बताएका थिए। कठिन परिस्थितिमा लायन्सले आइसोलेसन केन्द्र संचालन बाट धेरै संक्रमितहरु लाभान्वित भएको बताउदै लायन्स क्लबलाइ धन्यवाद दिएका थिए ।