आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

देशभर ४,३७८ प्रहरीमा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१७ आश्विन २०७७, शनिबार २३:०४ मा प्रकाशित (३ साल अघि) १२४६ पाठक संख्या

काठमाडौं । सुरक्षा निकायहरुमध्ये सबैभन्दा बढी प्रभावित नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ७८ पुगेको छ । संक्रमितमध्ये २ हजार ५ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।

नेपाल प्रहरीमा १ हजार ८ सय १० जना उपचाररत रहेका छन् । सक्रिय संक्रमित सबैको अवस्था सामान्य रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सक्रिय संक्रमितमध्ये प्रहरी प्रधान कार्यालय अन्तर्गत ३ सय १०, उपत्यकामा ६ सय २६, प्रदेश नम्बर १ मा १ सय ४९, प्रदेश नम्बर २ मा १ सय ४, बागमती प्रदेशमा १ सय ३३, गण्डकी प्रदेशमा १ सय ६४, प्रदेश नम्बर ५ मा १ सय ७१, कर्णाली प्रदेशमा ५२ र सुदूरपश्चिम प्रदेशमा १ सय १ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

प्रहरीमा फिल्डमा खटिएका र मुद्दा शाखा लगायत सर्वसाधरणसँग सिधा सम्पर्कमा आउने प्रहरी अधिकृत तथा जवानहरु कोरोना संक्रमणबाट प्रभावित बनिरहेका प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए । उपचाररत सबैको अवस्था सामान्य रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।