आज: ३१ बैशाख २०८१, सोमबार | Mon, 13, May, 2024

काठमाडौंका फोटो पत्रकारलाई खाद्यान्न सहयोग

गोकर्णेश्वर खबर२६ भाद्र २०७७, शुक्रबार ०७:३६ मा प्रकाशित (३ साल अघि) २७९ पाठक संख्या

काठमाडौं । कोरोना महामारीको चपेटामा परेका फोटो पत्रकारलाई खाद्यान्न सहयोग गरिएको छ । कोरोना संक्रमण न्यूनीकरणका लागि सरकारले विगत ६ महिनादेखि जारी राखेको लकडाउनका कारण समस्यामा परेका काठमाडौंमा फोटो पत्रकारलाई २५ किलो चामल र १ किलो सोयाबिन उपलब्ध गराइएको छ ।

बाग्लुङ समाज कल्याण केन्द्रका उपाध्यक्ष सुमिला श्रेष्ठ र समाजसेवी सरोज भारीको सहयोगमा १५ जना फोटो पत्रकारलाई चामल उपलब्ध गराइएको हो । समाजसेवीले उपलब्ध गराएको खाद्यान्न राष्ट्रिय फोटो पत्रकार समूहले आवश्यकताका आधारमा फोटो पत्रकारलाई उपलब्ध गराएको हो ।

समूहका महासचिव एवं राससकर्मी प्रदीपराज वन्तले लकडाउनका कारण समस्यामा परेका फोटो पत्रकारलाई समाजसेवीले उपलब्ध गराएको राहत उपलब्ध गराइएको जानकारी दिए ।

राष्ट्रिय फोटो पत्रकार समूहले यसअघि ललितपुरको झरुवाराशीमा रहेको बज्र इँटाभट्टामा कार्यरत ६३ श्रमिकको परिवारलाई राहत उपलब्ध गराएको थियो ।

यस्तै लामो समयदेखि बिरामी पत्रकार तथा लेखक विके पाल्पालीलाई पनि समूहले २२ हजार रुपैयाँ बराबरको औषधि र आठ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको थियो । समूहले राष्ट्रिय जनस्वास्थ्य विभाग टेकुको सहयोगमा काठमाडौंमा कार्यरत १२५ जना फोटा ेपत्रकारको पिसिआर टेष्ट गराएको थियो ।