आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

लद्दाखमा भारतीय सैनिकबाट ‘वार्निंग शट’ फायर

गोकर्णेश्वर खबर२३ भाद्र २०७७, मंगलवार ०९:४८ मा प्रकाशित (३ साल अघि) ४४६ पाठक संख्या

भदौ २३, काठमाडौं । लद्दाखमा भारत-चीन एलएसीमा तेश्रो पटक भारत र चीनका सैनिक बीच आमना-सामना भएको छ । भारतीय सिमातर्फ अगाडी बढेका चीनिया सेनालाई वार्निंग शट फायर गरी फर्कन बाध्य पारेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

पेंगोंग झिलको दक्षिणी क्षेत्रमा चीनिया सैनिकको एउटा समुह भारतीय सिमा तर्फअगाडी बढे पछि भारतीय सैनिकले वार्निंग शट फायर गरेका थिए । भारतीय समय अनुसार सोमबार साँझ ५:३० देखि ६:३० को बिचमा घटना भएको बताईएको छ । भारतीय सेनाको वॉर्निंग शट पछि चीनिया सेना फर्किएका थिए ।

घटनालाई भारतले चिनिया सेना भारतीय सिमामा घुस्ने प्रयास बताईरहँदा चीनले भारतको उक्साहटपूर्ण कदम भन्ने प्रतिक्रिया दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।