आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

प्रहरीमाथी हातपात गर्ने चारजना पक्राउ

गोकर्णेश्वर खबर८ भाद्र २०७७, सोमबार १३:३२ मा प्रकाशित (३ साल अघि) ३२२ पाठक संख्या

काठमाण्डु- प्रहरीलाई दुर्ब्यवहार गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।अर्घाखाँची भुमिकास्थान गाउँपालिका-८ घर भई हाल नयाँबानेश्वर बस्ने १९ वर्षीय रमेश कुमार बिक लागायत चार जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

गोकर्णेश्वर नगरपालिका-८ नारायणटार पुलमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीलाई जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी बा.४८ प ५६५४ र प्रदेश नम्बर-३-०२-०१५ प ६२२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले प्रहरीमाथी नै हातपात र ढुङ्गा प्रहार गरी लखेटी रहेको भन्ने खवर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका चार जनालाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखेर आवश्यक अनुसन्धान भईरहेको छ ।