आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

सुन तस्करी प्रकरण : राहुल महरालाई पुर्पक्षका लागि थुनामै राख्न उच्च अदालतको आदेश

गोकर्णेश्वर खबर११ माघ २०८०, बिहीबार १८:३६ मा प्रकाशित (३ महिना अघि) ११४ पाठक संख्या

काठमाडौं भेपमार्फत् ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल महरालाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ।

बिहीबार न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र दिपेन्द्र अधिकारीको इजलासले उनी र अर्का अभियुक्त लोकेन्द्रकुमार पौडेललाई जिल्ला अदालत काठमाडौंले गरेको आदेश सदर गरेको उपरजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए।

राहुल पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन्।

काठमाडौं जिल्ला अदालतले गत असोज २६ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। पौडेललाई पुर्पक्षको लागि ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो।

आपराधिक विश्वासघात, संगठित अपराध कसुर र भन्सार चोरी पैठारीमा केन्द्रीय अनुसन्धान ब्युरोले यस कसुरमा चार जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

राहुल महरा, लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा गुरूङविरूद्ध मुद्दा दायर भएको थियो। निमा फरार छिन्। लोकेन्‍द्रकुमार सुन तस्करी प्रकरणमा प्रमुख व्यक्ति दाओजिन वाङका सवारी चालक हुन्। दावा ब्रेक शुमार्फत् ६० किलो ७१६ ग्राम सुन तस्करी गरेको प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि थुनामा छन्। दावालाई उच्चले उक्त कसुरमा पुर्पक्षका लागि थुनामुक्त गरेको छैन।

२०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले ल्याएको ७३ वटा बट्टामा रहेको ७३० वटा भेपभित्र ९ किलो सुन थियो।