आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

अष्ट्रेलियाको तटमा देखियो एलियन जस्तै जीव !

गोकर्णेश्वर खबर१६ श्रावण २०७७, शुक्रबार १८:३३ मा प्रकाशित (३ साल अघि) ८७८ पाठक संख्या

एजेन्सी । अष्ट्रेलियाको समुन्द्री तटमा एलियन जस्तै देखिने जीव भेटिएको छ । उक्त जीवलाई देखेर तटमा घुम्न गएका सबै पर्यटक छक्क परेका छन् । उक्त जीवको अनुहार एलियन जस्तो भएका कारण सबै अचम्ममा परेका हुन् ।

अष्ट्रेलियाको भिक्टोरिया प्रान्तको दक्षिण–पश्चिम तटस्थित केनेट नदीको मुहानमा उक्त जीव फेला परेको हो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उक्त जीवको नाम ओशन सनफिस रहेको छ । उक्त सनफिसलाई केथ रम्पट्न र उनका पति टम मिलेर फेला पारेका थिए ।

उनीहरु दुबैजना छुट्टी मनाउन त्यहाँ पुगेका बेला सनफिस देखेका हुन् । उनीहरु दुबैजना जनावरका डाक्टर हुन् । यसअघि कहिल्यै यसप्रकारको जीव नदेखेको उनीहरुले बताएका छन् ।

रिपोर्टका अनुसार उक्त सनफिस २ मिटर लामो र २ मिटर अग्लो रहेको थियो । तर यो प्रजातीको सनफिसको आकार यसको दोब्बरसम्म हुने गर्दछ । यसको स्वरुप अन्य माछाभन्दा अलग एलियन जस्तै देखिन्छ ।