आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

गंगालालका बिरामीमा कोरोना पुष्टि : आकस्मिकबाहेक सबै सेवा बन्द

गोकर्णेश्वर खबर२३ असार २०७७, मंगलवार १५:१३ मा प्रकाशित (३ साल अघि) २५२ पाठक संख्या

काठमाडौं : सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारत केही बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ। उपचारत केही बिरामीमा कोरोना पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेक अन्य सेवा बन्द गरेको छ ।

अस्पताल प्रशासनले सूचना निकालेर अर्को व्यवस्था नभएसम्म आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको जानकारी दिएको छ। अस्पतालभित्र अनावश्यकरुपमा आवतजावत नगरिदिन अस्पतालले अनुरोध गरेको छ।

सोमबार काठमाडौं उपत्यकामा मात्र ५४ जनामा कोरोना संक्रमण देखिएको थियो। पछिल्लो समय उपत्यकाका अस्पतालमा भर्ना भएका बिरामी र कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गएको छ।