आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

प्रहरी सवार बसमा आक्रमण :२ जनाको मृत्यु,१२ घाइते

गोकर्णेश्वर खबर२८ मंसिर २०७८, मंगलवार ०८:५१ मा प्रकाशित (२ साल अघि) १३३ पाठक संख्या

काठमाडौं । जम्मु–कश्मीरको श्रीनगरमा भारतीय प्रहरी सवार बसमा आक्रमण हुँदा दुई जनाको मृत्यु भएको छ । आक्रमणमा १२ जना घाइते भएका छन् ।

ड्युटी सकेर क्याम्पमा फर्किंदै गर्दा श्रीनगरको जेवन पान्था चोक नजिक सोमबार साँझ आक्रमण भएको थियो । प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार तीन जना बन्दुकधारीले गोली चलाएका थिए । सो बसमा नवौ बटालियनका प्रहरी जवानहरु सवार थिए ।

कश्मीर प्रहरीले यसलाई आतंकवादी आक्रमण भनेको छ । आक्रमणकारी भने अँध्यारोको फाइदा उठाएर भागेको प्रहरीको भनाइ छ ।