आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

‘पानी ट्याङ्की’ युवा समूहद्वारा जाजरकोट भूकम्प पीडितलाई सहयोग

गोकर्णेश्वर खबर२० मंसिर २०८०, बुधबार २१:१० मा प्रकाशित (४ महिना अघि) ४३६ पाठक संख्या

काठमाडौँ । काठमाडौँको बौद्ध–महांकालमा रहेको पानी ट्याङ्की युवा समूहले तिहारमा देउसी भैलो खेलेको सङ्कलन भएको रकम जाजरकोटका भूकम्प प्रभावितलाई भोजन सेवामा खर्च गरेको छ ।

जाजरकोटको तल्लो थाप्ले गाउँका ३५० जनालाई बिहान बेलुका दुई छाक खानाको व्यवस्थापन गरेको समूहका अध्यक्ष उमेश सापकोटाले जानकारी दिए ।

साथै समूहले भूकम्प पीडितहरूलाई ब्ल्याङकेट र न्यानो कपडाहरू सहयोग गरिएको सापकोटाले बताए ।

तिहारमा देउसी भैलो खेलेको रकमका साथै बौद्ध–महांकालका टोल बासी तथा देश विदेशमा रहेका साथीभाइहरुको सहयोगबाट जाजरकोट पुगेर भूकम्प प्रभावितहरूलाई सहयोग गरेको सापकोटाले जानकारी दिए ।