आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

मिस गुरुङ इन्टरनेसनलको ग्रान्ड फिनाले शुक्रबार, उपाधि विजेतालाई ५ लाख पुरस्कार

गोकर्णेश्वर खबर२३ कार्तिक २०८०, बिहीबार ०८:३४ मा प्रकाशित (५ महिना अघि) ९४ पाठक संख्या

काठमाडौं । मिस गुरुङ इन्टरनेसनलको पाँचौँ संस्करणको ग्रान्ड फिनाले कात्तिक २४ गते  शुक्रबार  हुने भएको छ । कार्यक्रम काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गर्न लागेको हो । सन् २०१४ बाट सुरु भएको यस कार्यक्रममा उपाधि विजेताले ५ लाख रुपैयाँ बराबरको पुरस्कार, मिस पपुलर अवार्ड विजेताले ३ लाख बराबर तथा फर्स्ट रनरअपले २ लाख बराबर, सेकेन्ड रनरअपले १ लाख र मिस ट्यालेन्ट उपाधि विजेताले २५ हजार रुपैयाँ बराबरको विभिन्न पुरस्कार प्राप्त गर्नेछन् । गुरुङ समुदायको कला, भाषा, भेषभूषा तथा संस्कृतिको जगेर्नाका लागि आयोजना हुँदै आएको मिस गुरुङ इन्टरनेसनलको आयोजक मृगतृष्णा फेसन हाउस रहेको छ ।

नेपाल–भारत मानव विकास एवं मैत्री संघका अध्यक्ष सूर्य भुसाल र नेपाल–भारत आदिवासी जनजाति मैत्री संघका अध्यक्ष विनोद गुरुङ कार्यक्रमका प्रमुख सल्लाहकार छन् ।

संसारभर छरिएका गुरुङ जातिलाई एकै ठाउँमा सहभागी गराउनु र गुरुङ जातिको संस्कृतिलाई संसारभर प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रम निर्देशक तृष्णा गुरुङले बताइन् ।

‘मिस गुरुङ इन्टरनेसनल पाँचौँ संस्करणमा नेपाल र भारतबाट सहभागी प्रतियोगीलाई वर्षभरि नै विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रममा सहभागी गराउनुका साथै फेसन शो, म्युजिक भिडियोलगायत व्यावसायिक गतिविधिमा अवसर प्रदान गरिने छ,’ कार्यक्रम निर्देशक गुरुङले भनिन् ।

कार्यक्रम निर्देशक गुरुङले राज्यदैनिकलाई दिएको जानकारी अनुसार, मिस गुरुङ इन्टरनेसनल उपाधि विजेताले नगद पुरस्कारसहित अस्ट्रेलियामा हुने हेरिटेज फेसन सोमा सहभागी हुने अवसर पाउनेछन् ।