आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

बाल अपाङ्ग टेवा संस्थाको सातौं बार्षिक साधरणसभा सम्पन्न

गोकर्णेश्वर खबर२८ श्रावण २०८०, आईतवार १७:०४ मा प्रकाशित (८ महिना अघि) १५२ पाठक संख्या

काठमाडौँ । बाल अपाङ्ग टेवा संस्थाको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुढानीलकण्ठ( ११ मा हेको बाल अपाङ्ग टेवा सस्थाले आफ्नो वार्षिक साधारणसभा तथा सामाजिक लेखा परीक्षण सम्पन्न गरेको हो । सन् २००६ सालमा स्थापित बाल अपाङ्ग टेवा संस्था अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा सक्रियरूपमा काम गरिरहेको छ ।
गरिब तथा सीमान्तकृत समाजको विपन्नवर्गमा यस संस्थाले हरेक वर्ष ह्विलचियर लगायत अन्य उपकरण उपलब्ध गराउँदै आएको छ । संस्थाले केन्द्र, प्रदेश र स्थानीय तह र विभिन्न समुदाय स्तरका यस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ। संस्थाले विपन्नवस्तीमा सुधारिएको चुलोदेखि घर छाउन जस्तापाता, पुस्तकालयका लागि पुस्तक एवम् खाद्यान्न वितरण गर्दै आएको छ ।