आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

तोप चराको आकर्षक गुँड (फोटो फिचर)

गोकर्णेश्वर खबर२ असार २०७९, बिहीबार १६:५८ मा प्रकाशित (१ साल अघि) ३८७ पाठक संख्या

काठमाडौँ ,  कीर्तिपुरको भत्केपाटीमा रहेका यी गुँड निकै आकर्षक छन्। कला र मेहनत मिलाएर बनाइएका यी गुँडहरु तोप चराका हुन्। गुँड बनाउने आकर्षक कलाले गर्दा तोप चरालाई इन्जिनियर चरा पनि भनिन्छ।

यसलाई अंग्रेजीमा टेलर बर्ड भनिन्छ। यी चराहरू समूहमा बस्न मन पराउँछन्। त्यसैले यिनीहरूका गुँडहरू एकै ठाउँमा भेटिन्छन्। यिनीहरू हिउँद याममा काठमाडौंमा आउँछन्। काठमाडौं आएपछि भाले चराको पहिलो काम गुँड बनाउनु हो। हरियो घाँस जम्मा पारेर यी चराहरूले चुच्चोको सहाराले कलात्मक गुँड बनाउँछन्।