आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

विद्यालयमा पनि १ जेठबाट सातामा दुई दिन बिदा

गोकर्णेश्वर खबर२८ बैशाख २०७९, बुधबार २१:२५ मा प्रकाशित (१ साल अघि) ३४६ पाठक संख्या

काठमाडौँ – सरकारले जेठबाट सातामा दुई दिन बिदा दिने भएको छ । शिक्षा मन्त्रालयले जेठबाट सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकारी र निजी विद्यालय सातामा दुई दिन बिदा हुने बताएका हुन् । अबदेखि शुक्रबार पनि पूरै दिन पढाइ हुनेछ ।
मन्त्रालयले हिउँदे, वर्षे र स्थानीय बिदालाई कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म बिदा दिन सकिने नियम ल्याएको छ ।

मन्त्रालयले विद्यालयका हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सिटिइभिटीले र विश्वविद्यालयका हकमा विश्वविद्यालय अनुदान आयोगले बिदा व्यवस्थापन गर्ने गरी निर्णय लिएको छ ।

‘आइतबार सार्वजनिक बिदा दिएका कारण अपुग हुने समयावधि हिउँदे वा वर्षे वा अन्य विदाबाट कटाइ पूर्ति गर्ने, यसो गर्दा वर्षभरिमा अधिकतम ३० दिनसम्म एकैपटक वा पटक पटक गरेर बिदा दिन सकिने गरी स्थानीय तहले बिदा समायोजन गर्ने र विद्यालयहरुले यसैअनुसार वार्षिक क्यालेण्डर तयार गरी कार्यान्वयन गर्ने गराउने,’ देशभरका स्थानीय तह र विद्यालयलाई बोधार्थ÷कार्यार्थ गरी निर्देशन दिइएको पत्रमा उल्लेख गरिएको छ ।

देशमा आर्थिक संकट बढ्दै गएको भन्दै सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

यता निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन०ले सातामा दुई दिन बिदा दिँदा पढाई पूरा नहुने बताएको छ । प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले सातामा दुई दिन बिदा गर्दा शिक्षा नियमावलीमा भएको व्यवस्था विपरीत १८० दिन पढाई हुन नसक्ने बताए ।