आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

उपत्यकामा आज सार्वजनिक बिदा

गोकर्णेश्वर खबर४ पुष २०७८, आईतवार १०:५७ मा प्रकाशित (२ साल अघि) २१० पाठक संख्या

काठमाडौं । सरकारको आज सार्वजनिक बिदा दिएको छ।

उधौली पर्व तथा योमरी पुन्ही( ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।

देशभर सम्बन्धित समुदायका लागि र काठमाडौं उपत्यकामा सबैलाई सार्वजनिक बिदा दिइएको गृहले निकालेको सूचनामा उल्लेख छ।

पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

आज पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन उधौली पर्व मनाउँदै छन् ।

किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदै छन् ।

लिम्बूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्तरूपमा किराँत समुदायका सबै समुदायले उधौली सकेला अर्थात् उधौली पर्व मनाउँछन् ।

नेवार समूदायले योमरी पुन्ही मनाउँदैछन्।