आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनुभयो ? अब यसो गर्नुहोस्

गोकर्णेश्वर खबर१३ जेष्ठ २०७८, बिहीबार १०:१२ मा प्रकाशित (२ साल अघि) ४१९ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनुभयो ? बधाइ छ । तर तपाईले कोरोना भाइरसको संक्रमणबाट मुक्ति त पाउनुभयो तर संक्रमण नै हराएको भने होइन । अर्थात कोरोनाबाट निको भए पनि सावधानी अपनाउन भने जरुरी छ ।

यी हुन् कोरोना संक्रमणमुक्त भएपछि गर्नुपर्ने कामहरु

–तपाईमा कुनै लक्षण थिएन र तपाई आफूलाई स्वास्थ्य महसुस गर्नुहुन्छ भने नेगिटिभ रिपोर्टका लागि परीक्षण गरिरहन आवश्यक छैन ।
अगर आप ख़ुद ही स्वस्थ महसूस कर रहे हैं, तो नेगेटिव रिपोर्ट के लिए ज़रूरत ना हो तो टेस्ट ना कराएँ । १४ दिनपछि आइसोलेशन बस्नुपर्दैन ।

–खानपानमा विशेष ध्यान दिनुहोला । प्रोटिन र हरियो सागसब्जीमा बढी जोड दिनु राम्रो । यतिबेला शरीरमा रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकोले खानामा बढी जोड दिनुपर्छ । अरुची भएमा अलि अलि गरेर खानुपर्छ । पानी पर्याप्त मात्रामा पिउनुपर्छ ।

–नियमित योग र शारीरिक अभ्यास गर्नुहोला । त्यसमा स्वासप्रस्वासको अभ्यास अवश्य गर्नुहोला । एकैपटक धेरै काम गर्नुहुँदैन ।

–निको भए पनि केही दिनसम्म अक्सीजन, ज्वारो, रक्तचाप र सुगर नियमित रुपमा परीक्षण गरिरहनुपर्छ ।

–तातो अथवा मनतातो पानी पिउनुहोला ।

–दिनमा दुईपटक वाफ लिनु राम्रो हुन्छ ।

–पर्याप्त सुत्न आवश्यक छ । कम्तीमा ८–१० घण्टा सुत्नुपर्छ ।

–एक हप्तापछि डाक्टरलाई फलोअप चेकअप गराउनुपर्छ ।

बिबिसी हिन्दीबाट