आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

ठूलो संख्यामा अक्सिजनका सिलिन्डर हराए

गोकर्णेश्वर खबर९ जेष्ठ २०७८, आईतवार ०८:०५ मा प्रकाशित (२ साल अघि) ४३८ पाठक संख्या

काठमाडौं । अक्सिजन सिलिन्डर हराउन थालेका छन् । अव्यवस्थित वितरण प्रणालीका कारण ठूलो संख्यामा सिलिन्डर हराइरहेको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ ।

संघका अनुसार अक्सिजन सिलिन्डर प्रयोग गर्न अस्पतालदेखि सर्वसाधारणसम्मले सिलिन्डर बापत धरौटी रकम जम्मा गरेका छैनन् ।

उद्योग परिसरबाट व्यक्तिगत रुपमा सर्वसाधारणका साथै सुरक्षाकर्मी, अस्पताल, विभिन्न संस्था र अन्य सरोकारवाला निकायले धरौटी र भाग बेगर सिलिन्डर लगेका छन् ।

उद्योगबाट एउटा अस्पतालका लागि निस्केको सिलिन्डरको गाडीबीच बाटो र उद्योग परिसरबाटै सेना तथा सुरक्षाकर्मीले जफत गरी विभिन्न स्थानमा पुर्याएका कारण अधिकांश उद्योगको सिलिन्डर हराइरहेको उद्योगीहरु बताउँछन् । समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।