आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

बुढानिलकण्ठ नगरपालिकामा थपिए २७ जना कोरोना संक्रमीत

गोकर्णेश्वर खबर१९ मंसिर २०७७, शुक्रबार १५:२६ मा प्रकाशित (३ साल अघि) ७१० पाठक संख्या

काठमाडौं ,मंसिर १९। बुढानिलकण्ठ नगरपालिकामा  २७ जना कोरोना  संक्रमीत थपिएएका छन। हालसम्म ४ महिला १० पुरुष गरि १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ६७ महिला र ५४ पुरुष गरि कुल १२१ संक्रमितहरु होम आइसोलेसनमा रहेका  छन। बुढानिलकण्ठ नगरपालिका माकुल संक्रमित संख्या ११३७ महिला र १४८८ पुरुष गरि कुल २६२५ पुगेको छ भने कोरोना संक्रमण मुक्त हुने संख्या २४८५ रहेको छ।

बुढानिलकण्ठ नगरपलिकामा मंसिर १८ सम्मको वडागत विवरण:
बूढानिलकण्ठ नगरपलिका वडा २ बाडेपाखा र तौलुंग बाट २९ र ३५ बर्षीय २ पुरुष र २८ बर्षिया  एक महिला
वडा नं  ४ : पासिकोट बाट २९ बर्षिय एक पुरुष
वडा नं  ६ : हातिगौण्डा ,ओखल गाउँ बाट ३३ र ३४ बर्षिया २ महिला का साथै २१ बर्षीय एक पुरुष
वडा नं ८ : निखिलेसोर  ,सुन्दरबस्ती बाट ५९ र ३० बर्षिय २ पुरुष
वडा नं ९: मण्डिखटार बाट २७ बर्षिया एक महिला
वडा नं १०: अकाशेधारा ,राम मन्दिर , मिलनचोक ,एकताबस्ती बाट ३७,३९,५९,३१,५९,बर्षीय ५ पुरुष साथै ६१, ७०, २९, ५२ बर्षिया ४ महिला
वडानं १२: दुर्गा मन्दिर , खरिबोट, तेंजिग चोक बाट ३०,३९,१३ र २ बर्षीय बालक सहित ४ जना साथै २८,४२,५३, बर्षीय ३ महिला
वडानं १३ :  चुनिखेलबाट ८१ बर्षीय एक पुरुष।