आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

गोकर्णेश्वर खबर१२ माघ २०७९, बिहीबार २०:३८ मा प्रकाशित (१ साल अघि) ४७ पाठक संख्या

१२ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

हाल देशभर १४ जना कोरोनाका सक्रिय संक्रमित रहेकोमा बिहीबार ५ जना कोरोना संक्रमणमुक्त भएका छन्। २४ घण्टामा देशभर २३१ पीसीआर परीक्षण गर्दा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन।