आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

बूढानीलकण्ठले सुरु गर्यो घरको फोहर घरमै मोहर बनाउँने अभियानको तालिम

गोकर्णेश्वर खबर२१ असार २०८०, बिहीबार १५:४३ मा प्रकाशित (९ महिना अघि) ३३९ पाठक संख्या

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले फोहर व्यवस्थापन सम्बन्धी तालिम दिने भएको छ । नगरपालिकाले ‘घरको फोहर घरमै मोहर बनाउँ’ सम्बन्धी तालिम कार्यक्रम अगाडी सारेको हो ।

नगरपालिकाले घरको फोहर बाहिर फयाक्नुको सट्टा समूदायस्तरहै फोहर व्यवस्थापनदेखि अन्य आर्थिक उपाजनका कार्यमा समेत लगाउँन सकिने भन्दै तालिम दिन लागेको बताएको छ ।

तालिम यहि असार २५ गते मंगलबार बिहान १० बजेदेखि ४ः३० सम्म बूनपा वडा १३ को कार्यालय,चुनिखेलमा संचालन हुने आयोजकले जनाएको छ ।