आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

बूढानीलकण्ठले ल्यायो २ अर्ब ८८ करोडको बजेट

गोकर्णेश्वर खबर२१ असार २०८०, बिहीबार १५:२४ मा प्रकाशित (९ महिना अघि) १८१ पाठक संख्या

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको १२ औं नगर सभा असार २० गते सम्पन्न भएको छ । असार ०७ बाट सुरु भएको नगर सभाको अधिवेशन असार २० गते समापन भएको हो।

बुधबार बसेको अन्तिम बैठकमा नगरपालिकाको आव २०८०/०८१ को बार्षिक आय व्यय सहितको कार्यक्रम खर्च समावेश भएको बजेट प्रस्ताव स्वीकृत भएको छ ।

बैठकमा लेखा समिति, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति, विधायन समिति, आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, सुशासन तथा संस्थागत विकास समिति, न्यायिक समिति गरी ८ वटा विषयगत समितिद्वारा प्रगति विवरण तथा आवश्यक्ता सुधार संसोधन समेत प्रस्तुत भएको थियो । प्रगति प्रतिवेदन सभामा छलफल भइ पारित भएको छ ।

नगर कार्यपालिकाद्वारा तयार गरि पारित गरिएको आव २०८०/८१ को अनुमानित आय रू. २,८८,१३,००,०००र( अक्षरेपी रु दुई अर्ब अठासि करोड १३ लाख मात्र) र अनुमानित व्यय तर्फ रू २,८८,१३,००,०००र( (अक्षरेपी रु दुई अर्ब अठासि करोड १३ लाख मात्र) रहेको छ ।

अधिवेशनको तालिका अनुसार नगरपालिकाको आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम असार ०७ गतेको पहिलो बैठकमा पेश भई असार ०८ गतेको दोस्रो बैठकबाट विविध छलफल तथा सुझाव संलकन पश्चात पारित भएको थियो ।

यस्तै, दोस्रो बैठक (असार ८) गते पेश गरिएको आर्थिक विधेयक, विनियोजन विधेयक र आ.व. २०८०/०८१ को अनुमानित आय व्यय असार १० गते को तेस्रो बैठकमा पारीत भएको थियो ।

सभाको अन्त्यमा नगर प्रमुख मिठाराम अधिकारीले प्रस्तुत गर्नुभएको नगरपालिकाको समसामयिक विषयका विविध निर्णयहरु पारित भएको छ ।

यस सभा सफल पार्न भुमिकामा रहनुभएका सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै १२ औं नगर सभाको अधिवेशन समापन भएको नगर अध्यक्षले घोषणा गरेका थिए ।

सभामा नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष, नगरसभा सदस्यहरू, नगरपालिकाका कर्मचारीहरू र पत्रकारहरू उपस्थित थिए ।