आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

लघुवित्तपीडितले गरे बालुवाटारमा प्रदर्शन

गोकर्णेश्वर खबर९ फाल्गुन २०८०, बुधबार १८:३५ मा प्रकाशित (२ महिना अघि) ४३ पाठक संख्या

काठमाडौं । देशभरबाट काठमाडौं आएका लघुवित्तपीडितहरूले बुधबार काठमाडौंमा प्रदर्शन गरेका छन् । लघुवित्तपीडितहरूले काठमाडौंको सिफल चौरदेखि बालुवाटारसम्म प्रदर्शन गरेका हुन् ।

देशको पूर्वदेखि पश्चिमसम्मका लघुवित्तपीडितहरू मुग्लिनमा जम्मा भएर काठमाडौं आएका थिए । १ फागुनमा मुग्लिन आइपुगेका उनीहरू ८ फागुनमा काठमाडौं आइपुगेका थिए । उनीहरू मुग्लिनबाट हिँडेरै काठमाडौं आएका थिए । यसरी प्रदर्शनमा उत्रिने करिब ३ हजारको संख्यामा रहेका छन् भने अधिकांश महिलाहरू छन् ।