आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

बूढानीलकण्ठले प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्त गर्ने,परीक्षा साउन १८ गते

गोकर्णेश्वर खबर७ श्रावण २०८०, आईतवार १३:५३ मा प्रकाशित (९ महिना अघि) १६४ पाठक संख्या

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले परीक्षामार्फत् प्रधानाध्यापक नियुक्त गर्ने भएको छ। यसका लागि उसले परीक्षा तालिका सार्वजनिक गरेको छ।

परीक्षा साउन १८ गते गर्नेगरी उसले तालिका सार्वजनिक गरेको हो।

बूढानीलकण्ठभित्रका सामूदायिक विद्यालयहरूमा कार्यरत स्थायी शिक्षकहरूले आवेदन दिन सक्ने उपमेयर अनीता लामाले जानकारी दिइन्।

‘यसअघि खुला प्रतिस्पर्धाद्वारा प्रधानाध्यापक नियुक्त गर्ने परिपाटी थिएन। नगरको शिक्षालाई स्तरीकृत गर्नका लागि हामीले यो प्रावधान ल्याएका हौं,’ उनले भनिन्।

बूढानीलकण्ठ नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधी २०८० को दफा १० को ‘क’, ‘ख’ र ‘ग’ र दफा २८ बमोजिम बूढानीकण्ठ नगरपालिकाभित्रका सामुदायिक विद्यालयको स्थायी शिक्षकको रूपमा कार्यरत शिक्षकले आवेदन दिन सक्नेछन्। साउन १७ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ,’ उनले भनिन्।

आधारभूत तह कक्षा (१-५) र (१-८) को लागि स्नातक तह वा सो सरह उतीर्ण गरेको र माध्यमिक तह कक्षा (१ -१0-१२) को लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ। त्यस्तै सम्बन्धित तहको शिक्षक पदमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको व्यक्तिले प्रधानाध्यापकमा आवेदन दिन पाउनेछन्।