आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ९७३ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२७ कार्तिक २०७७, बिहीबार १६:५२ मा प्रकाशित (३ साल अघि) ३२२ पाठक संख्या

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यकामा देशभरका संक्रमितमध्ये झण्डै आधा संख्या देखिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ९ सय ७३ जनामा कोरोना संक्रमण भएको छ ।

काठमाडौंमा ७ सय ६४ जना, भक्तपुरमा ८३ जना र ललितपुरमा १ सय २६ जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ९ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ३ सय ४९ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ९ सय १३ जनासहित देशभर संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ । संक्रमितमध्ये १ लाख ६४ हजार ५ सय ९२ जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण १५ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ८९ पुगेको छ ।