आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

राष्ट्रियसभा निर्वाचन : बागमतीबाट सत्ता गठबन्धनका चारै उम्मेदवार विजयी

गोकर्णेश्वर खबर११ माघ २०८०, बिहीबार १८:११ मा प्रकाशित (३ महिना अघि) १२६ पाठक संख्या

हेटौंडा । राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा सत्ता गठबन्धनका चारैजना उम्मेदवार विजयी भएका छन्।

बिहीबार भएको राष्टिय सभा निर्वाचनमा अपांगतातर्फ नेकपा माओवादीका अधिकारी विजयी भएका हुन्। उनको पक्षमा ६ हजार ३८३ मतभार परेको छ।

बागमतीमा अन्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार जीतजङ बस्नेत विजयी भएका छन्। बस्नेत ६ हजार ५२१ मतभारसहित विजयी भएका हुन्।

बागमतीमा नेपाली कांग्रेसकी उम्मेदवार विष्णुकुमारी पुडासैनी महिला क्लस्टरबाट विजयी भएकी छन्।

पुडासैनीका पक्षमा ६ हजार ६२६ मतभार पर्‍यो। प्रदेशतर्फ ६४ मत र स्थानीयतर्फ १७० मत गरी ६ हजारभन्दा बढी मतभारकासाथ उनी विजयी भएकी हुन्।

त्यस्तै सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन्।

दलित क्लस्टरका उम्मेदवार रिजाल विजयी भएका हुन्। रिजालको पक्षमा ६ हजार ५१२ मतभार सहित विजयी भएका हुन्।

उनले प्रदेशतर्फ ६३ मत र स्थानीयतर्फ १६७ मत प्राप्त गरे।