आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

विश्वभर कोरोना संक्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

गोकर्णेश्वर खबर१४ कार्तिक २०७७, शुक्रबार १६:१२ मा प्रकाशित (३ साल अघि) ३७१ पाठक संख्या

न्युयोर्क, एएनआई । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित भएकाहरुको संख्या चार करोड ५० लाखभन्दा बढी पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरि चार करोड ५० लाख १८ हजार ३ सय ५४ जना संक्रमित भएका छन् ।

कोरोनाका कारण विश्वभरि अहिलेसम्म एघार लाख ८० हजार मानिसको मृत्यु भएको पनि विवरणहरुमा जनाइएको छ ।

संक्रमित भएकाहरुको संख्याका आधारमा हेर्दा सबैभन्दा धेरै प्रभावित अमेरिका रहेको छ भने दोस्रोमा भारत, तेस्रोमा ब्राजिल, चौथोमा रुस र पाँचौंमा फ्रान्स रहेका छन् ।

अमेरिकामा अहिलेसम्म ९२ लाख १२ हजार ७ सय ६७ जना संक्रमित भएका छन् भने दुई लाख ३४ हजार १ सय ७७ को मृत्यु भएको छ ।

त्यसैगरी भारतमा ८० लाख ८८ हजार ८ सय ५१ जना संक्रमित हुँदा एक लाख २१ हजार १ सय ३१ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ ।

तेस्रो अग्रस्थानमा रहेको ब्राजिलमा ५४ लाख ९६ हजार ४ सय २ जना संक्रमित र एक लाख ५९ हजार ३३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी चौथो क्रममा रहेको रुसमा १५ लाख ९९ हजार ९ सय ७६ जना संक्रमित र २७ हजार ६ सय ५६ जनाको मृत्यु भएको छ भने फ्रान्समा १२ लाख ८२ हजार ७ सय ६९ जना संक्रमित र ३६ हजार २० जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २ सय १८ देशमा फैलिएको छ भने संक्रमित भएर पनि निको भइसकेकाहरुको संख्या तीन करोड ३० लाख १८ हजार ६ सय ९७ रहेको छ । त्यसैगरी अहिलेपनि संक्रमित अवस्थामै रहेका कूल एक करोड ११ लाख ७६ हजार ४ सय २५ मध्ये एक करोड दश लाख ९४ हजार १ सय ४३ जनाको अवस्था मध्यम रहेको छ ।