आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

कोरोना संक्रमणबाट काभ्रेमा थप २ जनाको मृत्यु

गोकर्णेश्वर खबर१४ कार्तिक २०७७, शुक्रबार ०६:१७ मा प्रकाशित (३ साल अघि) २७९ पाठक संख्या

काभ्रे- धुलिखेल अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालमा उपचरत ७० वर्षीय महिला र ५५ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको जिल्ला कमाण्ड पोष्टका डा. नरेन्द्रकुमार झाले जानकारी दिए। उनीहरु दुवैजना धुलिखेल नगरपालिकाका हुन्।

उनका अनुसार काभ्रेमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ ।

बिहीबार काभ्रेमा २९ जना नयाँ संक्रमित थपिएका छन्। जिल्लामा १५ सय ६२ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमितमध्ये ९ सय ५४ पुरुष र ६ सय ८ पुरुष छन्।