आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो : पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु

गोकर्णेश्वर खबर१३ कार्तिक २०७७, बिहीबार १६:४३ मा प्रकाशित (३ साल अघि) ६१३ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय नाघेको छ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ३ सय ६४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । संक्रमितमध्ये १ लाख २४ हजार ८ सय ६२ जना निको भएर घर फर्किएका छन् ।