आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

हामी नेपाली पोल्याण्डद्वारा मिर्गौला पीडित लाई आर्थिक सहयोग

गोकर्णेश्वर खबर९ आश्विन २०७७, शुक्रबार २१:०९ मा प्रकाशित (३ साल अघि) ५७४ पाठक संख्या

असोज ८, काठमाडौं । हामी नेपाली पोल्याण्ड शाखाले मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ । हामी नेपाली पोल्याण्ड शाखाले गोरखा फुजेल ३ का गणेश परियारलाई आज ५० हजार नगद आर्थिक सहयोग गरेको हो ।

दुबै मिर्गौला खराब भई हप्तामा दुई पटक डायलाईसिस गरिरहेका परियारको आर्थिक अभावका कारण उपचारमा कठिन भएकोले पोल्याण्डमा रहेका सहयोगी नेपालीहरुबाट संकलित रकम सहयोग गरिएको छ । मिर्गौला पीडित परियारलाई हामी नेपाली पोल्याण्ड शाखाले रु ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

आर्थिक सहयोग हामी नेपाली पोल्याण्ड शाखाका युवा विभागका संयोजक पवन थारुले बिरामी गणेश परियारलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै संयोजक थारुले आर्थिक अवस्था कमजोर भएका नेपालीहरुलाई संस्थाले सक्दो सहयोग गर्दै आएको बताए ।

अमेरीकामा केन्द्रिय कार्यालय रहेको हामी नेपाली ग्लोबलले भौतिक तथा मानवीय सहयोग गर्ने उद्देश्यले नेपाली नेपाली विचको सहयोगी भावनाको बिकास,राष्ट्रीयता प्रति उत्तरदायी भावनाको बिकास तथा समाजसेवामा योगदान गदै आएको छ ।