आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

दुई प्रत्यासीलाई हराउँदै एनआरएनए यूकेको अध्यक्षमा प्रेम गाहामगर विजयी

गोकर्णेश्वर खबर२३ श्रावण २०७८, शनिबार ११:१९ मा प्रकाशित (२ साल अघि) २९९ पाठक संख्या

लण्डन । एनआरएनए यूकेको अध्यक्षमा प्रेम गाहामगर विजयी भएका छन्। अनलाइन मतदानमार्फत उनले अध्यक्षका अरू दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई हराएका हुन्।

निर्वाचन समितिले शुक्रबार राती पत्रकार सम्मेलन गरी निर्वाचित कार्यसमिति घोषणा गरेको हो।

जसअनुसार अध्यक्ष निर्वाचित गाहामगरले ४ हजार ५ सय ७४ मत पाएका छन् भने श्रेष्ठले २१९१ र प्रधानले २ हजार १ सय ४८ मत प्राप्त गरेका छन्।

अध्यक्षसहित कार्यसमितिका सबै पदमा गाहामगरकै समूह विजयी भएको समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार एनसीसी यूकेको २ उपाध्यक्षमा सुनिलबाबु खड्का र गोविन्द खरेल विजयी भएका छन् ।

महिला उपाध्यक्षमा शकुन्तला गुरूङ विजयी भइन्।

नर्दन आयरल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा नारायण कँडेल विजयी भए भने एनसीसी उपाध्यक्षमा स्कटल्यान्डबाट मोहन कार्की निर्वाचित भए।

एनआरएनए यूके महासचिवमा खुशी लिम्बू विजयी भइन्। २ सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ विजयी भए भने कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्माले जीत हात पारे। युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी भए ।

कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल विजयी भए ।

घोषित नतिजाअनुसार एनआरएनए इंग्ल्यान्ड राज्य परिषदमा एलबीजेड गुरुङ र स्कटल्यान्डमा काशिराम भण्डारी अध्यक्षमा विजयी भएका छन् ।

परिषदको उपाध्यक्षमा भक्त दर्जी, सचिवमा रामप्रसाद पन्थी र कोषाध्यक्षमा सचिन भट्टराई विजयी भए ।

त्यस्तै, स्कटल्यान्ड राज्य परिषदमा काशिराम भण्डारी विजयी भएका छन् । स्कटल्यान्ड परिषदको उपाध्यक्षमा उज्वल कार्की, सचिवमा मनिष खत्री, सहसचिवमा यशोदा सुमी भन्डारी र कोषाध्यक्षमा शर्मिला भन्डारी, सहकोषाध्यक्षमा प्रजापति शर्मा विजयी भए । सदस्यमा बलिभद्र अमै, कमला श्रेष्ठ, कृष्ण देवकोटा र टिकाराम खराल विजयी भएका छन्

वेल्स र नर्दन आयरल्यान्डमा यसअघि नै निर्विरोध भएको थियो ।

यसपटक झन्डै साढे ११ हजार मतदातामाझ बेलायती कम्पनी च्वाइस भोटिङले ‘डिजिटल भोटिङ’ गराएको थियो ।