आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

एन्फा सदस्य दावा लामाद्धारा हन्ड्रेड ग्रुपलाई सहयोग

गोकर्णेश्वर खबर२९ भाद्र २०७७, सोमबार २०:३४ मा प्रकाशित (३ साल अघि) ४२५ पाठक संख्या

काठमाडौं  – अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य दावा लामाले सामाजिक संस्था हन्ड्रेड ग्रुपलाई आर्थिक सहयोग गरेको छ ।

सदस्य लामाले हन्ड्रेड ग्रुपका संयोजक बब्लु गुप्तालाई २० हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । हन्ड्रेड ग्रुपले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का नेपालमा भएको लकडाउन र निशेधाज्ञाका कारण दैनिक गुजारा टार्न समस्या भएका कमजोर आर्थिका अवस्थाका परिवारलाई दैनिक खाना खुवाउदै आइरहेका छन् ।

हन्ड्रेड ग्रुपले पछिल्लो समय पुरानो बसपार्कमा दैनिक गुजारा गर्ने परिवारका सदस्यहरु दैनिक १ हजार जनालाई निशुल्क खाना खुवाइरहेको छ ।

हन्ड्रेड ग्रुपलाई आर्थिक सहयोग गर्दै एन्फा सदस्य लामाले ग्रुपले यस्तो विषम परिस्थितिमा कमजोर आर्थिक अवस्था भएका परिवारलाई निशुल्क खाना खुवाएर सह्रानिया कार्य गरेको र फुटबलको माध्यमबाट सहयोग गर्न पाउदा आफुलाई पनि खुशी लागेको बताए ।

हन्ड्रेड ग्रुपका संयोजक गुप्ताले सहयोग गर्ने एन्फा सदस्य लामालाई धन्यवाद ज्ञापन गर्दै यस्तै किसिमको सहयोगले नै सामाजिक कार्य गर्न थप प्रेरणा मिल्ने बताए ।