आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

कोरोनाबाट कांग्रेस कार्यसमिति सभापतिको निधन, देउवाद्वारा दु:ख व्यक्त

गोकर्णेश्वर खबर९ भाद्र २०७७, मंगलवार १४:५८ मा प्रकाशित (३ साल अघि) ५८७ पाठक संख्या

काठमाडौं । कोरोना संक्रमणबाट नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. २१  कार्यसमितिका सभापति गोविन्द रञ्जितको निधन भएको छ । काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्तालमा संक्रमण भएपछि उपचाररत ६७ वर्षीय रञ्जितको मंगलबार बिहान निधन भएको हो ।

रञ्जितको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले शोक विज्ञप्ति जारी गरि श्रद्धाञ्जली अर्पण गरेका छन्   । सभापति देउवाले उनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।

 वि.सं. २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका स्वर्गीय रञ्जितले कांग्रेस पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

ज्वरोखोकी लागेपछि रञ्जित आइतवार अस्पताल भर्ना भएका थिए। उनलाई भेन्टिलेटरमा राखिएको थियो ।