आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

हेटौंडामा भदौ १५ गतेसम्म निषेधाज्ञा

गोकर्णेश्वर खबर८ भाद्र २०७७, सोमबार १३:२८ मा प्रकाशित (३ साल अघि) १९३ पाठक संख्या

हेटौंडा : कोरोना संक्रमण बढ्ने क्रममा देखिएपछि हेटौंडामा जारी रहेको निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको बैठकले संक्रमणको जोखिम उच्च भएकोे भन्दै निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याउने निर्णय भएकोे मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।

उनका अनुसार पुरानै शैलीमा निषेधाज्ञा लम्ब्याउने निर्णय भएकोे छ । जिल्लाा सुरक्षा समितिको बैठकले साउन २६ गतेबाट हेटौंडा उपमहानगर पुरै र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा संक्रमणको जोखिम मुल्यांकन गर्दै निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

भोलि ९ गतेसम्म कायम रहेको निषेधाज्ञा भदौ १५ गते सम्म लम्ब्याउने निर्णय गरिएको हो । मकवानपुरमा कोरोना संक्रमितको संख्या ३ सय ९ जनामा पुगेको छ ।