आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

चन्द्रागिरिमा कोरोना सङ्क्रमितको संख्या ६० पुग्यो

गोकर्णेश्वर खबर८ भाद्र २०७७, सोमबार ०६:०७ मा प्रकाशित (३ साल अघि) २२० पाठक संख्या

काठमाडौं । यहाँको चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ६० पुगेको छ ।

काठमाडौं उपत्यका प्रवेशद्धारको मुख्य नाका रहेको चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ६० पुगेको हो ।  नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिभित्र हालसम्म कोरोना सङ्क्रमितको सो संख्या पुगेको जानकारी दिए ।

‘कोरोना सङ्क्रमित ६० मध्ये २५ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी ३५ जनाको मनमोहन अस्पताल दहचोक, शशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकुमा उपचार भइरहेको छ’, प्रवक्ता महर्जननले भने । सङ्क्रमितमध्ये १० जनाले भने होम आइसोलेशनमा उपचार गराइरहेका छन् ।

कोरोना सङ्क्रमितको संख्या बढेसँगै नपाले श्रीकृष्ण माध्यमिक विद्यालय दहचोक र चुनदेवी मावि थानकोटमा आइसोलेसन सेन्टर स्थापना गर्न लागेको छ । उक्त दुई स्थानको आइसोलेसनको क्षमता भने ७० शै्ययाको रहने नगरपालिकाले जनाएको छ । रासस